FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नपर्ने कुरा दोहोर्‍याएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले कुनै मुद्दा नै नपरेकाले राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

उनले भने, ‘मन्त्रीमाथि अख्तियारले आरोप लगाएका छैन । आरोप लागेको कर्मचारीमाथि छानबिन भइरहेको छ । उहाँमाथि छानबिन, आरोप नै नभई राजीनामा दिनुपर्छ भन्ने माग चाहिँ उपयुक्त भएन ।

हिजो रवि लामिछानेको विषयमा प्रमाणसहित आउँदा पनि हामीले राजीनामाको सट्टा छानबिन समिति माग गरेका हौँ। सीधा आरोप थियो ।’

प्रवक्ता महतले अख्तियार संवैधानिक निकाय भएकाले हस्तक्षेप गर्न नसक्ने हुँदा राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेको बताए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com