FlashNepal
बिहिबार, साउन १४, २०८३  |  July 30, 2026

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ ।

उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि एमालेले पहिलो पटक संसदीय दलको बैठक बोलाएको हो ।  संसदीय दलका प्रमुख सचेक महेश बर्तौलाका अनुसार साँसदहरुलाई बजेटका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले स्पष्ट पार्ने कार्यसुची रहेको छ ।

बजेट विनयोजनका विषयमा कतिपय साँसदहरुमा भएका अष्पष्टता आजको बैठकले चिर्ने बर्तौलाले जानकारी दिए । उनका अनुसार संसद र जनतामा बजेटप्रति एमालेको एउटै धारणा बनाउने उद्धेश्यले आजको बैठक डाकिएको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com