FlashNepal
बुधबार, साउन १३, २०८३  |  July 29, 2026

काठमाडौं । सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच छलफल जारी छ । सोमबार (जेठ १९) बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा वार्ता भएको हो ।

गृहमन्त्री रमेश लेखकको पहलकदमीमा दुई पक्षबीच छलफल सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ । गाडी ग्यारेजमा थक्याएर सार्वजनिक यातायात व्यवसायी आन्दोलनरत छन् । उनीहरूका आन्दोलनका कारण सर्वसाधारण मर्कामा परेका छन् ।

सार्वजनिक यातायात बचाऊ केन्द्रीय संघर्ष समितिको आह्वानमा देशभरका उक्त गाडी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । समितिले सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्क्याएर विरोध गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’का नाममा निजी प्रयोजनका निम्ति खरिद गरिएका सवारीसाधनलाई भाडाका सवारीसरह प्रयोग गर्न दिने गरी ल्याएको कानुन खारेज गर्नुपर्ने व्यवसायीको मुख्य माग छ

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com