FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ । भारतमा कोरोनाका सक्रिय संक्रमितहरूको संख्या २ हजार ३९० पुगेको हो । भारतमा रहेका कुल २ हजार ३९० सक्रिय संक्रमितहरू मध्ये केरलामा सबैभन्दा धेरै ७२७ संक्रमितहरू छन् । केरलाको अवस्था खराब हुँदै गइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सक्रिय संक्रमितको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ । शुक्रबार महाराष्ट्र ८४ नयाँ केसहरू रिपोर्ट गरिएको थियो । यहाँ ६८१ सक्रिय संक्रमितहरू छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा कर्नाटकको मैसूरमा ६३ वर्षीय एक पुरुषको कारोनाको कारण मृत्यु भएको छ । योसँगै कर्नाटकमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसबाहेक महाराष्ट्र, केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा जम्मा १३ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाको कारण हालसम्म मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

यस्तै, बिहारमा कोरोना भाइरसको नयाँ लहरको खतरा तीव्र गतिमा बढ्दै गएको छ । पटनामा पछिल्लो २४ घण्टामा एक डाक्टरसहित ७ जनामा ​​कोरोना संक्रमण भेटिएको छ । यी मध्ये नालन्दा मेडिकल कलेज अस्पतालमा गरिएको परीक्षणमा ३ जना संक्रमित भेटिएका थिए भने दुई निजी प्रयोगशालामा गरिएको परीक्षणमा ४ जनामा ​​कोरोना पोजेटिभ देखिएको थियो । सिभिल सर्जनको कार्यालयमा पठाइएको रिपोर्टमा कोरोना संक्रमितको संख्या खुलेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com