FlashNepal
बुधबार, साउन २७, २०८३  |  August 12, 2026

काठमाडौं । रोशनी शाही मृत अवस्थामा फेला परेकी छन् । उनी आइतबार (आज) दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित आफ्नै कोठामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए ।

‘‘शाही आफ्नै भाडामा लिएको फ्ल्याटभित्र मृत फेला परेकी छन् । हामीले उनको श्रीमान् बाहिर भएका कारण शव उठाएका छैनौँ । तर, जनप्रतिनिधिको रोहबरमा कोठा खोलेर हेर्दा घोप्टो परेको अवस्थामा शव फेला परेको हो, उनले भने ।

शाहीले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि महरा पक्राउ परेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com