FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भावी नेतृत्वको वारेमा छलफल हुने भएको छ ।

पार्टी सभापति रबि लामिछाने लामो समयसम्म थुनामा बस्नु पर्ने भए पछि नयाँ शिरावाट भावी नेतृत्वको बारेमा छलफल हुन लागेको हो ।

जसका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको जनाइएको छ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा सो बैठक बस्ने जनाइएको छ ।

कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको केन्द्रिय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी गतिविधि र सभापति लामिछानेलाई थुनामै राख्ने सर्वोच्च अदालतद्वारा आदेश सदर गरे पछिको परिस्थितिबारे छलफल हुने बताइएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com