FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

शनिबार सचिवालयको भर्चुअल बैठक दिउँसो ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो ।

शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठक बोलाइएको रास्वपाले जानकारी दिएको छ ।

रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com