FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं। संघीय संसदका ५ वटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरबारस्थित कार्यालयहरूमा उक्त बैठक बस्नेछ ।

जसअनुसार सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ः०० बजे बोलाइएको छ। जुन बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल हुनेछ भने अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक), २०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

उता, महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्नेका लागि बिहान ७ः३० बजेबाट नै बैठक सुरू गरिनेछ भने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने भएको छ।

साथै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com