FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन्

उता, पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् ।

भुमी, ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भुमी सबन्धी केही नेपाल एेनलाई संसोधन गर्न बनेको बिधेयक, २०८२ माथी बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन ।

सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथी भइरहेको भेदभाव’ बिषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरूरी सार्बजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com