FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।

०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।

उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो । सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com