FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं । रास्वपाका सांसद हरि ढकालले कांग्रेस र एमालेलाई दुई वटा गभर्नर बनाउन व्यंग्यात्मक सुझाव दिएका छन् । उनले गभर्नर नियुक्तीमा दुई दलबीच लडाईं चलेको उल्लेख गर्दै दुई वटा गभर्नर बनाउन सुझाव दिएका हुन् ।

उनले भने,‘म गठबन्धन सरकारलाई जे गर्नुछ यो ३१ महिनाभित्र गरिभ्याउनुहोस भन्छु । चल्या छ लडाईं, दुई वटा गभर्नर बनाउनुस न, एउटा विचौलिया ह्याण्डल गर्ने, अर्को नोटमा सिग्नेचर गर्ने, अर्को कामपनि गर्नुहोस यो ३१ महिनामा कि त्यो छापिएको नोटमा हुन्छ नि आफ्ना चुनाव चिन्ह राख्नुहोस ।’

अबको ३१ महिनापछि आम नागरिकले नसहने उनको भनाई छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ढकालले अहिले नेपालमा दलीयकरणको अभ्यास भएकोमा निन्दा व्यक्त गरे ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com