FlashNepal
शनिबार, साउन २३, २०८३  |  August 8, 2026

काठमाडौं । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ । आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि  रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।

बिहान ६ : ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ ।

मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

६ वटा दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com