FlashNepal
सोमबार, भाद्र २९, २०८३  |  September 14, 2026

काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा १४ घण्टादेखि राजमार्ग अवरुद्ध भएको थियो । गएरातिदेखि अवरुद्ध राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले अहिले सडक पूर्ण रुपमा सञ्चालनमा आएको बताइन् । उनले भनिन् ‘बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन । तर अहिले विभिन्न प्रयासबाट सडक खुलाइएको छ । ’

गत वर्ष असोजको बाढीले राजमार्ग बगाउँदा उक्त स्थानमा अस्थायी रूपमा डाइभर्सन निर्माण गरिएको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com