FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारा पुल भाँचिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन पठाउन थालिएको छ । गए राति ९ बजेबाट नै वैकल्पिक मार्गबाट सवारीसाधन पठाउन थालिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चोलमारामा गिरुबारी खोलाको पुल हिजो (सोमबार) साँझ भाँचिएको थियो । पुलबाट दक्षिणमा अवस्थित रानीबारी क्षेत्रबाट सवारीसाधन पठाउन थालिएको हो ।

पुलको निरीक्षण गर्न नवलपुरक प्रहरी उपरीक्षक यादव ढकालसहितको टोली पुगेको थियो । पुल भाँचिएको ठाउँमा तत्काल डाइभर्सन निर्माण गर्ने ठाउँ नभएको प्रहरीले जनाएको छ ।

पुलमा मधेस प्रदेश ०३–००१ क ३१६३ नम्बरको टेलर वीरगन्जतर्फ जाँदैगर्दा पुल भाँचिएको थियो । टेलरलाई राति नै पुलबाट हटाइएको छ ।

पुल पूर्णरूपमा बन्द भएपछि प्रहरीले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । स्थानीयले पुलको तत्काल मर्मत आवश्यक रहेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com