FlashNepal
बुधबार, भाद्र १०, २०८३  |  August 26, 2026

काठमाडौं। रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् ।

उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् ।

मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।

महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल खसाइएको थियो ।

अबको केही दिनपछि ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।

मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मच्छिन्द्रनाथका ज्योतिषीले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।

साइतका आधारमा रथलाई तानेर जावलाखेल पुर्‍याइको चार दिनपछि भोटो जात्रा मनाइन्छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com