FlashNepal
आइतबार, आषाढ २१, २०८३  |  July 5, 2026

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पहलगाम हमलापछि भारत र पाकिस्तानबीच देखिएको तनावका विषयमा औपचारिक छलफल गरेको छ । आज बसेको पदाधिकारी बैठकपछि भारतले आतंककारी अखडामा गरेको हमलाको पक्षमा रहेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

भारत पहलगाममा आतंककारी आक्रमणपछि विकसित परिस्थितिमा आतंकवादको खिलापमा भएको कारवाही जायज भएको बताए । उनले भने, ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं ।’

उनले आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको विषयमा चिन्ता व्यक्त गरे । नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए ।

नेपाली कांग्रेस कसको पक्षमा भन्ने प्रश्नमा उनले भने, ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो । आतंकवादलाई संरक्षण गर्ने प्रवृति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो ।’

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com