FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो ।

विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com