FlashNepal
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित २४ जनालाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीस मोना सिंहको इजलासले उनीहरूलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । उनीहरूविरूद्व संगठित अपराधमा अनुसन्धान भइरहेको छ ।

यस्तै अदालतले अन्य ४० जनालाई भने थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । उनीहरूविरूद्व आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि थप ७ दिन म्याद थप गरेको हो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com