FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं ।  वामपन्थी नेता प्रदीप नेपालकाे पार्थिव शरीर नेकपा एमालेको कार्यालयमा नलगिने भएको छ ।

एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने तयारी गरिएको भए पनि परिवारले नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा नओढाउने र श्रद्धान्जलीका लागि नराखिने अडान राखेपछि यसअघिको निर्णयमा पुनरवलोकन गरिएको एमाले नेताहरूले जनाएका छन् ।

उपचारकै क्रममा केहीबेरअघि नर्भिक अस्पतालमा निधन भएका प्रदीप नेपालको आजै पशुपतिमा दाहसंस्कारको तयारी हुँदैछ । भतिजा महेश नेपालका अनुसार बेलुका ६ बजे विद्युतीय शवदाह गृहमा दाहसंस्कार गर्ने तयारी छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com