FlashNepal
शनिबार, आश्विन ०३, २०८३  |  September 19, 2026

काठमाडौं । आफूलाई दलित अभियन्ता बताउने खगेन्द्र सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । उनीविरुद्धको मुद्दा आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र नृपध्वज निरौलाको इजलासमा परेको छ ।

दैलेख घर भएका सुनारले रुकुमपश्चिमको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलालाई लिएर विरोध प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा उनले मुद्दामा फैसला गर्ने उच्चका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको राजीनामा माग्दै ब्यानर प्रदर्शन गरेका थिए ।

अदालतको फैसलामाथि प्रश्न उठाएपछि अधिवक्ता मनिषा गौतमले वैशाख १९ गते सुनारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन् । यस किसिमका प्रदर्शनले अदालतमाथिको नागरिक विश्वासमा प्रश्न उठाउने उनको दाबी छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com