FlashNepal
बिहिबार, साउन ०७, २०८३  |  July 23, 2026

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए ।

“काठमाडौंमा बिहान आंशिक बदली रहेको छ । दिउँसो हल्का वर्षाको सम्भावना छ,” मौसमविद् लामिछानेले भने ।  विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।  पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com