FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो ।

आजको बैठकमा वैशाख १९ गते सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रममा छलफल हुने भएको हो । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आजबाट सदनमा छलफल सुरु हुन लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते (शुक्रबार) संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्न प्रस्ताव गर्ने कार्यसूची छ ।

नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com