FlashNepal
बुधबार, भाद्र १०, २०८३  |  August 26, 2026

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले जेठ २ गतेदेखि ‘मध्यपहाडी लोकमार्ग अभियान’ चलाउने निर्णय भएको छ । आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको सचिवालय बैठकले आगामी जेठ २ गतदेखि अभियान चलाउने निर्णय गरेको हो ।

बैठकले यसअघि सञ्चालन भएको हुलाकी मार्गकेन्द्रित ‘जनतासँग माओवादी : तराई मधेस जागरण अभियान’ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको निष्कर्ष निकालेको छ ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार, लोकमार्ग अभियानको तयारी, कार्ययोजना र संगठनात्मक पक्षबारे पनि छलफल भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com