FlashNepal
मंगलबार, आश्विन २७, २०८३  |  October 13, 2026

काठमाडौँ । २९ दिनदेखि आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न आज (बुधबार) साँझ मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

मन्त्रिपरिषद्‍बाट ९ बुँदे माग सम्बोधन गरे आन्दोलनको मोडालिटी परिवर्तन गर्ने जनाएका शिक्षक महासंघको माग सम्बोधन गर्न आज मन्त्री परिषद्को बैठक बस्ने तयारी भएको हो ।

तीन दिनदेखि लगातार शिक्षक महासंघ र शिक्षामन्त्रीबीच वार्ता भईरहेको छ ।

शिक्षा मन्त्रालयमा आज बसेको बैठकले निर्णय गरेर मन्त्रिपरिषद्बाट पास गर्ने तयार भएको जनाइएको छ ।

महासंघले विद्यालय शिक्षा ऐन ल्याउने समय तोक्ने र तत्काल ९ बुँदे प्रस्तावमा निर्णय गर्ने माग राखेको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com