FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई तत्काल थुनामुक्त गर्न सर्वोच्च अदालतले प्रहरीलाई अर्को पत्र पठाएको छ ।

बुधबार कमलादीमा पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई डिल्लीबजार कारागार पठाइएको केही समयमा नै सर्वोच्चले प्रहरीलाइ अर्को पत्र पठाएको हो । सर्वोच्चको पछिल्लो पत्रले चौधरीको रिहाइको बाटो खुलेको छ ।

सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए । जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो ।

तर, त्यस पत्रमा कुनै न्यायाधीशको आदेश नरहेको र विष्टले योगराज ढकाल (रिगल)को मुद्दाको नजिरलाई आधार बनाएर पत्र लेखेको खुलेपछि उनलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार पत्र लेख्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com