FlashNepal
शनिबार, साउन २३, २०८३  |  August 8, 2026

काठमाडौं । प्रतिनिधिसभामा विपक्षी दलहरूले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेको प्रस्तावमा आन्दोलनरत शिक्षकहरूको माग र समाधानसहितका ६ बुँदा छलफलका लागि ध्यानाकर्षण गराइएको छ ।

प्रस्तावमा रास्वपाबाट सन्तोष परियार, नेकपा एसबाट शेरबहादुर कुँवर, आमजनता पार्टीबाट प्रभु साह र जनमोर्चाबाट चित्रबहादुर केसीले समर्थन जनाएका छन्।

उनीहरूले सरकार र शिक्षक महासंघसँगबीचका सम्झौता कार्यान्वयन गराउन, सार्वजनिक विद्यालयहरूलाई गुणस्तीय बनाउन, लाखौं विद्यार्थीहरूको पठनपाठन सुचारु गर्न, निर्धारित समयमा परीक्षा सञ्चालन गर्न, चिकित्सा शिक्षा आयोगले गरेको निर्णयक कार्यान्वयन गराउन र स्वास्थ्य सेवालाई गुणस्तरीय र सुलभ बनाउन छलफलको माग गरेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com