FlashNepal
शुक्रबार, भाद्र २६, २०८३  |  September 11, 2026

काठमाडौँ । नेपाल प्रहरीले नेपाली काँग्रेसकी सांसद माया राई पक्राउ परेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखाले सङ्घीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउ गरिएकोबारे जानकारी गराएको हो । राईलाई गएराति काठमाडौँको कपनमा रहेको निवासबाटै प्रहरीले पक्राउ गरेको हो ।

उनी स्वर्णलक्ष्मी बचत ऋण सहकारी ठगीमा मुद्दामा फरार रहँदै आएकी थिइन् । भोजपुर स्थायी घर भएकी राई समानुपातिक सांसद हुन् ।

पक्राउ परेकी राईमाथि कालिमाटीको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसूरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

राईविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनी २०७४ सालमा सहकारीको सहसचिव थिइन्  ।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com