FlashNepal
शनिबार, साउन ०२, २०८३  |  July 18, 2026

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गरिने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ । सरकारको नेतृत्व गरिरहेको एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।

संघीय संसद् सचिवालयका प्रवक्ता तथा प्रतिनिधिसभा कार्यव्यवस्था महाशाखाका प्रमुख एकराम गिरीले पनि नीति तथा कार्यक्रम वैशाख १९ मा प्रस्तुत गर्ने गरी तयारी भइरहेको जानकारी दिए । नीति तथा कार्यक्रम प्रस्तुत भएपछि ४८ घण्टा संशोधन दर्ताका लागि सांसदहरूलाई समय दिइने तयारी भइरहेको गिरीले बताए ।

नीति तथा कार्यक्रम वैशाख २८ अगावै पारित गरेर प्रिबजेट छलफल थाल्ने गरी संसद्को कार्यतालिका तयार भएको हो । प्रिबजेट छलफल सकेर अर्थ मन्त्रालयलाई सुझाव दिने अभ्यास छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ । त्यसपहिल्यै नीति तथा कार्यक्रम र प्रिबजेट छलफल हुन लागेको हो । संघीय संसद्को बजेट अधिवेशन शुक्रबार १ बजेदेखि सुरु हुँदै छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com