FlashNepal
सोमबार, साउन २५, २०८३  |  August 10, 2026

काठमाडौं । देशभर गर्मी ह्वात्तै बढेको छ । दुई दिनअघिसम्म हल्का वर्षाले चिसिएका नेपालका भूभागको तापक्रम उकालो लागेको हो । पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ  भने काठमाडौं उपत्यकामा पनि तापक्रम बढेको छ । मंगलबार काठमाडौंमा अधिकतम तापक्रम ३१.६ र न्यूनतम १७.८ डिग्री सेल्सियस मापन भएको छ ।

यता पश्चिम तराईका धनगढीमा भने ४०.८ र नेपालगन्जमा ४० डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसैगरी चन्द्रगढीमा ३१.६, जनकपुरमा ३७.४, धरानमा ३४.६, विराटनगरमा ३१.८ र धनकुटामा २९.३ डिग्री सेल्सियस मापन भएको छ । आज पनि बिहानैदेखि घाम चर्किने लक्षण देखिएको छ ।

जब तापक्रमले ४० डिग्री सेन्टिग्रेडमाथिको उकालो चढ्छ, तब तातो हावा चल्छ । त्यस्तो मौसमी अवस्थालाई लु चलेको भनिन्छ । यस साताभर वर्षा हुने सम्भावना नदेखिएकाले तापक्रम थप बढ्ने सम्भावना औँल्याउँदै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ । बाहिर हिँड्दा पूरै शरीर ढाक्ने गरी लुगा लगाउने, छाता ओढ्ने र घरबाटै बोकेको शुद्ध पानी पिउन पनि अनुरोध गरिएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com