FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । संघीय संसदका तीन समितिको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित समितिका कार्यालयमा बस्नेछन् । जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ः३० बजेबाट सुरू हुनेछ ।

बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेडयुनियनसँग छलफल हुनेछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका काम कारबाही र कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट र कार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेमा छलफल हुनेछ ।

बैठक बिहान ११ः०० बजेबाट सुरू हुने जनाइएको छ । साथै, विधायन व्यवस्थापन समितिका बैठक दिउँसो १ः०० बजेबाट सुरू हुनेछ । बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुनेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com