FlashNepal
बुधबार, साउन ०६, २०८३  |  July 22, 2026

काठमाडौं । प्रहरीको हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अर्को पक्राउ पुर्जी पनि जारी भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा प्रसाईंमाथि अनुसन्धान गर्न भनेर सिआइबीलाई पत्राचार गरेपछि पक्राउ पुर्जी जारी भएको हो । प्रसाईंले लिएका ऋणहरू दुरूपयोग गरेकाले कारबाही गर्न भनेर राष्ट्र बैंकको आरोप छ ।

चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको, प्रहरीको ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका प्रसाईंमाथि अब प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि अनुसन्धान गर्ने भएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com