FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन्।

चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा प्रहरी हिरासतमा रहेका सांसद राणालाई आइतबार राति हाजिरी जमानीमा छाडिएको हो ।

राणा क्यान्सरबाट पीडित छन् । करिब तीन महिना भारतका विभिन्न अस्पतालमा क्यान्सरको उपचार गरेर गत पुसमा स्वदेश फर्किएका थिए।

अहिले हिरासतमा रहिरहँदा उनको मुखमा क्यान्सर भएको ठाउँमा मासु पलाएको र परीक्षण गर्दा उपचारको आवश्यकता छ भनेपछि उनका श्रीमतीको जिम्मामा हाजिर जमानीमा रिहा गरिएको प्रहरीको भनाइ छ ।

उनीसँगै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने छुटेका छैनन्।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com