FlashNepal
शुक्रबार, साउन २२, २०८३  |  August 7, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार वैशाख ७ आयोजना गरेको प्रदर्शन सकिएको छ ।

महामन्त्री विक्रम पाण्डेले बिजुलीबजारमा सम्बोधन गर्दै आजको आन्दोलन स्थगन भएको घोषणा गरेका हुन् ।

उनले प्रदर्शन रोकेर सिंहदरबारबाट पक्राउ परेका अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई छुटाउने पहलमा लाग्ने बताए ।

देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि अध्यक्ष एवं संसदीय दलका नेता लिङदेन, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत राप्रपा सांसदलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘अवस्था र व्यवस्था’ बदल्न भन्दै उनीहरूले प्रदर्शन गरेका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com