FlashNepal
शुक्रबार, साउन २२, २०८३  |  August 7, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा गर्न लागेको प्रदर्शनमा केही फेरबदल गरेको छ ।

आज बसेको शीर्ष नेताहरूको बैठकले पूर्वनिर्धारित योजनामा केही हेरफेर गरेको हो ।

यसअघि तीन ठाउँबाट र्‍याली निकाल्ने तय भएकामा त्यसलाई खारेज गर्दै सबै शक्ति बिजुलीबजारमा केन्द्रीत हुने निर्णय भएको हो ।

सबै नेता कार्यकर्ता बिजुलीबजारमा भेला भएर बानेश्वरतर्फ लाग्नेछन् ।

प्रदर्शनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्नेछन् । राप्रपाले बानेश्वर पुगेर निषेधित क्षेत्र तोड्ने रणनीति बनाएको छ ।

निषेधित क्षेत्र तोडेर स्वतः गिरफ्तारी दिने तयारी रहेको राप्रपाका नेताहरूले जानकारी दिएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com