FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौँमा हुने प्रदर्शनमा पार्टीका सीमित नेता मात्र सहभागी हुने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले काठमाडौँमा गर्न लागेको प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।‘

वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबीसमेत उनले गरेका छन् । ‘हामी जे गर्छौं भनेरै गर्छौं । सरकारले नडराए हुन्छ,’ उनले भनेका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com