FlashNepal
शनिबार, आषाढ २०, २०८३  |  July 4, 2026

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको कार्यलय घेराउमा पुगेका निजामती कर्मचारीहरुले आफ्ना मागहरुबारे ध्यानाकर्षण गराएका छन् । उनीहरुले विभिन्न ११ बुँदे माग समितिका सभापति रामहरि खतिवडासमक्ष प्रस्तुत गरेका छन् ।

समितिको कार्यालय घेराउमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनमा आवद्ध कर्मचारीहरु पुगेका थिए ।

आफ्ना मागहरुप्रति सरकार र संसद् उदासिन भई सुनवाइ नगरेको खण्डमा संयुक्त ट्रेड युनियन सञ्जालको तर्फबाट थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

शिक्षा ऐन तत्काल जारी हुनुपर्ने मागसहित यतिबेला देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । त्यस्तै, चिकित्सक, सहकारी पीडित, लघुवित्त पीडितहरुको आन्दोलन पनि जारी रहँदा काठमाडौं आन्दोलनमय बनेको छ ।

निजामति कर्मचारीले पनि ऐनमा आफूहरुको विभिन्न माग समेटिनुपर्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com