FlashNepal
बिहिबार, साउन २१, २०८३  |  August 6, 2026

हेटौडा । मकवानपुरगढी गाउँपालिकास्थित कान्तिलोकपथ सडकखण्डमा गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित सडकमा काठमाडौंबाट हेटौडा आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको इभी गाडी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृत्यु हुने दुवैजना महिला हुन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउत र सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीय मानुसी मगर रहेका छन् । दुर्घटनामा चालकसहित १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com