FlashNepal
बुधबार, साउन १३, २०८३  |  July 29, 2026

काठमाडौं । १५ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन आज पनि जारी छ । बुधवार नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।

मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएपछि पनि शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने बताउँदै आएका छन् ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com