FlashNepal
आइतबार, साउन १०, २०८३  |  July 26, 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि अभद्र व्यवहार गर्दै कुटपिट गर्ने तीनजना प्रहरी कर्मचारीमाथि छानबिन हुने भएको छ ।

चैत ३१ गते दुबईबाट नेपाल फर्किएका सञ्जय ओझालाई उनीहरूले हातपात गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।

प्रहरीले विमानस्थलको आगमनकक्षाबाट नियन्त्रणमा लिएर उनलाई कुटपिट गरेका थिए । लगेज ट्रलीमा राखेको विषयमा भएको सामान्य विवादको विषयमा आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् ।

सोही भिडियोका आधारमा तीनजना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षागार्डबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन थालिएको कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले बताए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com