FlashNepal
सोमबार, आषाढ २२, २०८३  |  July 6, 2026

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा लामो समयपछि पानी परेको छ । वायु प्रदूषणको मार खेपिरहेका बेलाको यो वर्षात्ले राहत मिल्ने आशा गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका केही स्थान र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म पानी परेको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट भिएको जलवाष्फयुक्त हावाको असरस्वरूप मौसममा बदली भई पानी परेको मौसमविद् गोविन्द झाले बताए ।

उनका अनुसार विहीबार पनि काठमाडौं उपत्यकामा वर्षात् हुने अनुमान छ । ‘पानी ठाउँठाउँमा जमिन भिजाउने गरी परेको छ । अब वायु प्रदूषण पनि केही न्यूनीकरण होला नै आशा गरौं’, झाले भने ।

 

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com