FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । विभिन्न ठाउँमा भइरहेका प्रदर्शनका कारण काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मंगलबार दिउँसो काठमाडौंको नयाँ बानेश्वर–माइतीघर सडकखण्ड, बल्खु क्षेत्र, शान्तिबाटिका–बालुवाटार सडकखण्ड र जावलाखेल–माइतीघर सडकखण्डमा प्रदर्शन भइरहेको छ ।

जसका कारण यी क्षेत्रका सवारीसाधन आवतजावतमा समस्या भएको हो । नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म शिक्षकहरूले प्रदर्शन गरिरहेका छन् । त्यस्तै, बल्खु क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदर्शन गरिरहेको छ ।
उता, शान्तिबाटिका–बालुवाटार सडकखण्डमा सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय जनमोर्चाले भने जावलाखेलबाट जुलुश निकालेर अहिले माइतीघरतर्फ अघि बढिरहेको छ ।
फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com