FlashNepal
मंगलबार, साउन ०५, २०८३  |  July 21, 2026

काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी हुँदा उपराष्ट्रपति रहेका पुन यसअघि नै सक्रिय राजनीतिमा फर्किने उद्देश्यका साथ पार्टीका बैठक र कार्यक्रमहरूमा सक्रिय थिए।

उनलाई यही चैत १९ र २० गते बसेको पार्टीको पदाधिकारी बैठकले स्थायी कमिटी सदस्य मनोनित गरेर पार्टीको उपाध्यक्ष समेत बनाएको हो। माओवादीको पार्टी विधान अनुसार पदाधिकारी हुन स्थायी कमिटी सदस्य अनिवार्य भएपछि उनलाई पहिला स्थायी कमिटी सदस्य बनाएपछि उपाध्यक्षमा मनोनित गरिएको हो।

पार्टी कार्यालयका एक नेताका अनुसार पुनलाई सक्रिय जिम्मेवारी समेत दिने तयारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन्। माओवादी केन्द्र र सार्वजनिक रुपमा राज्यको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कनु स्वभाविक नहुने भन्दै आलोचना भइरहेका बेला उनलाई माओवादीले उपाध्यक्ष नै बनाएको हो।

 

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com