FlashNepal
आइतबार, साउन १७, २०८३  |  August 2, 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनाका लागि मंगलबार बल्खुमा सभा गर्ने भएको छ । राप्रपाले भृकुटीमण्डपमा सभा गर्न अनुमती मागे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नदिएपछि बल्खुमा गर्ने भएको हो ।

राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेपछि बल्खु वा सिफलमा सभा गर्न विकल्प दिएको थियो । सोही अनुसार राप्रपाले बल्खु रोजेको हो ।

मङ्गलबारका लागि तय गरिएको जनप्रदर्शन, समसामयिक पछिल्लो राजनीतिक विषयमा छलफल गर्न राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक सोमबार ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com