FlashNepal
सोमबार, भाद्र ०८, २०८३  |  August 24, 2026

काठमाडौँ । कारबाहीमा परेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई काठमाडौँ महानगरपालिकाभित्र छिराउन वडाध्यक्ष र महानगरकै कर्मचारीले कर्मचारीले जबरजस्ती गरेका छन्।

मेयर बालेन्द्र साह बालेनको निर्देशनपछि महानगर प्रहरीले गुरागाईंलाई कार्यकक्षमा प्रवेशका लागि रोक लगाएको छ। तर वडाध्यक्ष र कर्मचारीले नगरप्रहरीलाई धम्काउँदै जबरजस्ती गुरागाईंलाई प्रवेश गराउन खोजिरहेका छन्।

वार्ता र सम्वातमार्फत् समस्या समाधान नगरेर वडाध्यक्ष र कर्मचारीले तथा मेयर बालेन दुवैपक्षले जबरजस्ती गरिरहेका छन्।

अहिले पनि गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउन खोजिँदैछ। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोका तोडफोड भएको छ। विवाद समाधानका लागि मेयर बालेनबिनै उपमेयर सुनिता डंगोल र वडाध्यक्षहरूको उपस्थितिमा बैठक सुरु भएको छ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com