FlashNepal
मंगलबार, साउन १२, २०८३  |  July 28, 2026

काठमाडौं । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गर्ने भएको छ। गत माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौं जा‍औँ अभियान’सहित अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन बुधबारदेखि गर्न लागेको हो ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक यथाशीघ्र ऐन जारी गर्न मागसहित आन्दोलन जारी राख्ने बताए ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई बाध्य पार्न आन्दोलन गर्न लागिएको अध्यक्ष सुवेदीको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांस शिक्षक कर्मचारी सहभागी हुने उनको दाबी रहेको छ ।

हाल काठमाडौं रहेका र आजसम्ममा आउन लागेका आएका शिक्षक कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने चेतावनी पनि उनले दिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com