FlashNepal
सोमबार, साउन ११, २०८३  |  July 27, 2026

सिराहाको औरही गाउँपालिका– ५ मा विष्णु महायज्ञको नाममा दलितको घर भत्काइएका तीनविरुद्ध जातीय विभेद तथा छुवाछुत कसुरमा जाहेरी परेको छ ।

पीडित दीपक मरिक (डोम)ले गाउँपालिका अध्यक्ष शिवजी यादवसहित तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिराहामा जाहेरी दिएका हुन् ।पालिका अध्यक्ष यादवसहित वडा नम्बर ५ का पूर्ववडाध्यक्ष दिलीप यादव र बजरंगी बाबाविरुद्ध जाहेरी परेको हो

‘जाहेरी परेको छ । जाहेरी अनुसार कारबाही प्रक्रिया अघि बढाएका छौं,’ एसपी पण्डितले भने ।

जाहेरी दिन दीपक मरिक दोमसहित दलित अगुवाहरू जिल्ला प्रहरी कार्यालय सिराहा पुगेका थिए । बाबा बजरंगीले भनेअनुसार गत फागुन १० गते पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादवले दीपक मरिक डोम परिवारको घर भत्काएका थिए ।

घटना सार्वजनिक भएपछि शुक्रबार नै पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडा अध्यक्ष दिलिप यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पश्चात् शुक्रबार मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई गृहमन्त्रालयले तानिएको थियो ।

पालिका अध्यक्ष पक्राउ परेपछि धाक धम्कीका कारण डोमपरिवार विस्थापित भएको छ । राति पालिका अध्यक्ष यादवका छोरा रुकेश यादव सहित केही व्यक्तिहरू पुगेर डोम परिवारलाई धम्काएका थिए ।

त्यसपछि दीपक मरिक उनकी श्रीमती अनिता अन्यत्र शरण लिएका छन् भने उनका बालबच्चाहरू प्रहरी चौकीमा रात बिताएका थिए ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com