FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ । बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको विमानलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ।

उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

प्राविधिक टोलीले विमानको जाँच गरिरहेको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको कम्पनीले जनाएको छ ।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com