FlashNepal
शनिबार, जेठ ०९, २०८३  |  May 23, 2026

काठमाडौँ, २३ पौष । नेपाल तिब्बत सीमानजिकै गएको ७ म्याग्नेच्युडको भूकम्पले अहिलेसम्म तिब्बतमा ९ जनाको मृत्यु भइसकेको चिनियाँ समाचार स‌ंस्था ग्लोबल टाइम्सले जानकारी दिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएअनुसार मंगलबार बिहानको भूकम्पको केन्द्र नेपाल नजिकै हो । तिब्बतमा र नेपालको सीमा क्षेत्रलाई केन्द्रविन्दू बनाएर मंगलबार बिहान ६ः५० बजे ७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

पूर्वी पहाड, मधेस र काठमाडौं उपत्यकामासमेत केहीबेर भूकम्पको कम्पन महसुस गरिएको थियो । नेपालको पूर्वी पहाडमा अहिलेसम्म भूकम्पको क्षतिको विवरण प्राप्त भएको छैन।

फ्लाश नेपाल प्रा.लि.द्धारा संचालित

सुचना तथा प्रसारण बिभाग दर्ता न. १६८५/०७६-७७

 सम्पर्क सम्पादक :देब बहादुर

पचभैया तानसेन ५, पाल्पा

फोन : 9811999300

E-mail : flashnepalnews@gmail.com