वार्ता गर्न सरकार र विप्लव समूहले बनाए टोली

काठमाण्डौं, फागनु १८
सरकार नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले वार्ताका लागि समिति बनाएका छन् । सरकारले गृहमन्त्री रामबहादुर थापा बादल संयोजक रहेको वार्ता टोली निर्माण गरेको छ । समुहमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराई पनि रहनुभएको छ । विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेर वार्ता गर्नका लागि समिति गठन गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले विप्लव समूहमाथि २०७५ सालको फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले विप्लव समूहका नेता, कार्यकर्तालाई जहाँ भेट्यो, त्यही पक्राउ गर्दै आएको थियो । अहिले पनि विप्लव समूहका धेरै नेता तथा कार्यकर्ता प्रहरी हिरासतमै रहेका छन् । केही दिनअघि विप्लव समूहका महासचिव नेत्र विक्रम चन्दले विज्ञप्ति निकालेर सरकारले सहज वातावरण बनाएमा आफूहरू वार्ता र संवादमा आउन तयार रहेको जानकारी गराउनुभएको थियो ।
विप्लब समुहबाट सरकार संग वार्ता गर्न प्रकाण्डलाई जिम्मा
सरकार संग वार्ता गर्न विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा ’प्रकाण्ड’ को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभयो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *