यूवाहरु विदेसिदा सामाजिक बिकृती बढ्यो ः महानायक हमाल

पाल्पा, पौष १२
नेपाली चलचित्रका महानायक राजेश हमालले रोजगारीका लागी यूवाहरु विदेसिदा देशमा सामाजिक बिकृती बढेको बताउनुभएको छ । युवाहरुलाई देशमै रोजगारी दिनुपर्नेमा जोड दिदै हमालले दुई चार रुपिया कमाउनका लागी परदेश जानु पर्ने बाध्यताले परिवारमा समेत फाटो आएको बताउनुभयो । जन्मजिल्ला पाल्पामा शनिबार आयोजित प्रथम दर्लम पर्यटन तथा सांस्कृतिक महोत्सबका अवसरमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उहाँले परिवारमा आएको फाटो र बढेको सामाजिक बिकृती हटाउने उपाए स्वदेशमै रोजगारी सिर्जना गर्नु रहेको बताउनुभयो ।


कार्यक्रममा पाल्पामा जन्मिएर बिशिष्ट स्थानमा पुग्न सफल मन्त्रीपरिषदका पूर्ब अध्यक्ष खिलराज रेग्मी, डाक्टर भगवान कोइराला, राष्ट्रिय अनुसन्धान, बिभागका प्रमुख गणेश अधिकारी, पूर्ब प्रहरी प्रमुख कुबेर सिं राना, महानायक राजेश हमाल, पूर्ब मन्त्री सोम प्रसाद पाण्डे लगाएतलाई सम्मान गरिएको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई flashnepalnews@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *